April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

कांग्रेसको धैर्यतालाई कमजोरी नठानियोस् : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको घटनाको भर्त्सना गर्दै कांग्रेसको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएका छन्। तनहुँमा आज वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिइनु सत्ताको चरम दुरुपयोग भएको पनि उनले बताएका छन्।

तत्काल पौडेललाई रिहाई गर्न र कांग्रेस नेता, कार्यकर्तामाथिको धरपकड तत्काल बन्द गर्न पनि महामन्त्री कोइरालाले चेतावनी दिएका छन्। 

‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा नियन्त्रणमा लिइनु निन्दनीय र घोर भर्त्सनायोग्य छ। लोकतान्त्रिक मूल्यमान्यतामै प्रश्न उठ्ने गरी भएको यस्तो कार्यको जति निन्दा गरेपनि कम हुन्छ। कांग्रेस वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम बिथोल्ने गरी निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग हो,’ उनले भनेका छन्।

शीर्ष समाचार

धेरै पढिएको