July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती सुरु गर्योः प्रकाशमान सिंह

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती सुरु गरेको बताएका छन् । बुधबार गृहजिल्ला तनहुँमा पौडेल पक्राउ परेपछि सिंहले नेकपाको सरकारको असली चरित्र उदाँगो भएको बताए ।

उनले पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि नै धरपकड सुरु गरेर  नेकपाको सरकारले आफ्नो दिनगन्ती शुरु गरेकोे बताए । उनले पौडेलसहितका नेता, कार्यकर्तामाथिको धरपकड र गिरफ्तारीको घटनाको निन्दा गरेका छन् ।
 
‘कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ । नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि धरपकड गर्ने, स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् । यो सत्ताको चरम दुरुपयोग हो,’ सिंहले भने ।

यसले नेकपा सरकारको असली चरित्र उदांगिएको उनको भनाइ छ । सिंहले तत्काल पौडेललाई ससम्मान रिहाई गर्न माग समेत गरे । नेता सिंहले पौडेललाई रिहा नगरिए काँग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै घटनाको छानबिन गर्नसमेत माग गरे ।

शीर्ष समाचार

धेरै पढिएको