जथाभावी कार कुदाउँदा ९ महिने बालकसहित पाँच जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ मंसिर १७
एजेन्सी- जर्मनीको पेडेस्ट्रियन क्षेत्रको ट्रायर सहरमा चालकले जथाभावी कार फुटपाथमा कुदाउँदा ९ महिने बालकसहित पाँच जनाको मृत्यु भएको छ।
चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएकाले पैदल यात्रीलाई ठक्कर दिएको थियो। ५१ वर्षीय जर्मनी पुरुष ट्रायर क्षेत्रबाट आइरहेका थिए। दुर्घटनामा ९ महिनाको बच्चासहित ७३ वर्षीय महिला, ५२, २५ र ४५ वर्षीय पुरुषको मृत्यु भएको छ।
चालकलाई आधिकारिक रूपमा नाम दिइएको छैन। तर, जर्मन पत्रिकाले उनलाई टेरियर नजिकैको कर्डेल गाउँका बर्न्ड वाल्टर डब्लु भनेर चिनाएको छ।
शीर्ष समाचार
- राहत शिक्षक र सरकारबीच सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
- नेपाल नगपालिका संघ र गाउँपालिका महासंघद्वारा सरकारलाई कार्यविस्तृतिकरण सुझाव प्रतिवेदन हस्तान्तरण
- अर्थ समितिका सभापतिको गुनासो : सरकारले ८० प्रतिशत निर्देशन कार्यान्वयन गरेन
- अर्थ समितिको कार्यविधि : ३० मिनेट भन्दा ढिला भए सभापतिले वैठक स्थगित गर्न सक्ने
- राजा खोज्दै छ समाज
प्रतिकृया दिनुहोस्