नेकपा सचिवालय बैठक आज, अध्यक्ष ओली सहभागी नहुने
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। दिउँसो १ बजे बैठक बोलाइएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले उपस्थित नहुने भनेपछि अन्यौल बढेको छ।
हिजोको बैठकमा बाझाबाझकै अवस्था भएपछि प्रधानमन्त्री ओली बैठकको तुक नभएको र उपस्थित हुनुको अर्थ नहुने भन्दै बाहिरिनुभएको थियो। तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले आजको बैठकमा उपस्थित हुन नसक्ने भनेर हिजै सचिवालय बैठकमा जानकारी गराएको बताए।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने कि अलगअलग लाने भन्ने विषयमा नेताहरुबीच विवाद भएको हो। प्रधानमन्त्री ओली साझा प्रस्ताव बनाएर जानुपर्ने पक्षमा छन भने अर्का अध्यक्ष प्रचण्ड अलग अलग प्रस्ताव तल्ला कमिटीमा पेश गर्नुपर्ने अडानमा छन्।
आजको बैठकमा ओली उपस्थित नभए बहुमतका आधारमा दुवै प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गर्ने प्रचण्ड पक्षको तयारी छ। कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले एक अर्कालाई आरोप लगाउँदै प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो।
प्रतिकृया दिनुहोस्