March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

काठमाडौंमा एन्टिजेन : सात सयको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ

काठमाडौं – सरकारले हिजोबाट काठमाडौं उपत्यकामा एन्टिजेन परीक्षण सुरु गरेको छ। सोमबार एकै दिन सात सय जनामा गरिएको परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट उपत्यकाका ‘हटस्पट’ भनिएका स्थानमा एन्टिजेन परीक्षण शुरु गरेको थियो।

पहिलो दिन नै करिब ७०० जनाको परीक्षण गरिएको छ। उपत्यकामा कोरोना हटस्पट मानिएका स्थानहरुमा गरिएको परीक्षणबाट ४१ जनाको रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार एन्टिजेनमा आधारित कोरोना परीक्षण गरिएको हो। ‘७ सय जनाको परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको छ’, उनले भने, ‘पहिलो परीक्षणका क्रममा पोजेटिभ देखिएका ४१ जनाको पिसिआरबाट क्रस जाँच गरिने छ।’

यी स्थानमा परीक्षण

डा. पाण्डेका अनुसार काठमाडौं महानगरपालिका भित्र धेरै संक्रमण देखिएका (हटस्पट)  स्थानहरु  कोटेश्‍वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क र बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको थियो।

‘काठमाडौं महानगरपालिका भित्रका ५०० भन्दा बढी केश भएका स्थानलाई हटस्पट मानेर संक्रमितहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुलाई परीक्षण गरिएको हो’, डा. पाण्डेले भने।

डा. पाण्डेले तीन हजार पाँच सय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण अघि बढाइने जानकारी दिए। विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम सही हुने मान्यता हुन्छ ।

सोमबार काठमाडौं महानगरपालिकाको  ४, ७ र ९ वडामा  परीक्षण गरिएको थियो । अब बुधबार ९१७ मंसिरमा १०, १४ र १६   वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ ।

एन्टिजेन परीक्षण पहिले काठमाडौं उपत्यकामा गरेर प्रभावकारिताका आधारमा उपत्यका बहिर पनि अघि बढाइने महाशाखाले जनाएको छ। सातै वटा प्रदेशमा एन्टिजेन परीक्षणका लागि तालिम शुरु भइसकेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

शीर्ष समाचार

धेरै पढिएको