March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

साझा र विवेकशील पार्टीबीच साताभित्रै एकता गर्ने समझदारी

काठमाडौं– विवेकशील नेपाली दल र साझा पार्टीबीच हप्तादिनभित्रै एकता गर्ने समझदारी भएको छ। २७ पुस ०७५ मा औपचारिक रुपमा विभाजन भएका दुई पार्टी झण्डै २ वर्षपछि एक हुन थालेका हुन्।

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे कार्यकारी अधिकारसहित संयोजक हुनेगरी एकता गर्न थालेको एक नेताले बताए। दुवै पक्षले समानता, सहअस्थित्व र दुवै पक्षको जित हुनेगरी एकता गर्न थालेको उनले बताए।

‘हामीले रवीन्द्र मिश्र र मिलन पाण्डेलाई कार्यकारी अधिकारसहित संयोजक बनाउने भन्ने छ। त्यसमा काम गर्न सजिलो हुनेगरी अध्यक्ष र संयोजक पनि बनाउने कि भन्ने पनि छ’ ती नेताले भने, ‘नेकपाजस्तै अन्य पार्टीमा धेरै संयोजक हुँदा समस्या भयो‚ त्यसैले नयाँ पार्टीमा फरक तरिकाले भूमिका दिने कि भन्ने भइरहेको छ।’

पार्टी पदाधिकारीसहित केन्द्रीय समिति बराबरी हुनेगरी एकता गर्ने तयारी गरिएको उनले बताए। पार्टीको चुनाव चिह्न तराजु, पार्टीको नाम विवेकशील साझा पार्टी बनाउने सहमति भइसकेको छ।

शीर्ष समाचार

धेरै पढिएको