March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

गण्डकी प्रदेशमा थप दुईजनाको कोरोना संक्रमणबाट निधन

काठमाडौं – कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पोखराका ६५ वर्षीय पुरुष र ५७ वर्षीया महिलाको उपचारका क्रममा निधन भएको हो। 

पोखरा नगरपालिका–३ का ६५ वर्षीय पुरुषको हिजो दिउँसो ४ बजेर ३३ मिनेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र पोखरा महानगर १६ कि ५७ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा आज विहान ४ बजे निधन भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५६ पुगेको निर्देशनालयले जनाएको छ। 

शीर्ष समाचार

धेरै पढिएको