September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ – अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भीषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । उहाँले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताउनुभयो । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गर्नुभयो ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको गाडी सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिनुभयो । तर उहाँले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहनु भएन । याे आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको