म्याग्दीमा बोलेरो दुर्घटना, एकको मृत्यु, पाँचजना घाइते
म्याग्दी – जिल्लाको मंगला गाउँपालिका -२, बावियाचौरको भाइबाङ खोलामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको बोलेरो भाइबाङ खोलमा दुर्घटना भएको हो ।
००१च ०२५२ नम्बरको बोलेरो दुर्घटनामा चालक खुमबहादुर कटुवालकी छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी अस्पतालतर्फ ल्याउँदै गरिएको म्याग्दी प्रनाउ किरणजंग कुवरले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइतेहरुको गाउँपालिकाको सवारीसाधन र ट्याक्सीमा ल्याउँदै गरिएको छ।
प्रतिकृया दिनुहोस्