June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

नोबेले मेडिकल कलेजमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

मोरङ- विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित एक सुत्केरीको मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका घर भएकी २५ वर्षीया सुत्केरीको नोबेले मेडिकल कलेजमा बिहिबार राति मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक १७ दिनकी सुत्केरी हुन् । उपचारका क्रममा मृगौलामा खराबी पाइएको र निमोनियाको पूरानै समस्या देखिएको उनको राति ११ बजे मृत्यु भएको दाहालले बताए ।

श्वास फेर्न गाह्रो भएपछि र बोली बन्द भएपछि मंसिर १० गते बुधबार उनलाई उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

प्रसूति व्यथाले च्यापेपछि झापाको दमकस्थित आम्दा अस्पताल भर्ना गरिएकी महिलाको कात्तिक २५ गते शल्यक्रिया गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको