बर्दिबासमा तनाव : प्रदर्शनकारीको टाउको र छातीमै ताकेर प्रहरीको गोली
महोत्तरी – बर्दिवास नगरपालिका-१४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणपछि प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली चलाएको छ।
बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्याको विरोधमा जारी प्रदर्शनमा गोली चल्दा चारजना घाइते भएका छन्।
प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाएको हो। साधरणत: भीड नियन्त्रण गर्दा हवाई फाइर गर्नुपर्ने हुन्छ। तर प्रहरीले चलाएको गोली केही प्रदर्शनकारीको टाउकोमै लागेको छ।
गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। गोली लागेर स्थानीय ३५ वर्षीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन्।
प्रतिकृया दिनुहोस्