March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर

काठमाण्डौ – नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्नु भएको छ । 

१८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आउनु भएको छ । म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाण्डौ आउनु भएको थियो । यहाँ आएपछि उहाँले बेवारिसे लाश जलाउने गरेको देखेपछि उहाँले पनि यही काम थाल्नु भएको हो 

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उहाँले बताउनु भएको छ । साथीभाइको संगतका कारण आफूले पनि सडकको जिन्दगी भोगेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो  ‘एसएलसीपछि साथीभाइको लहलहैमा लागेर विश्वासघातमा परेर सडकमा पुगेको थिए । तर अहिले म त्यो ठाउँमा छैन, जुन ठाउँमा म हुन्थ्ये । म अहिले धेरै खुशी छु । यो कामले मलाई आफ्नै परिचय दिएको छ ।’ 

२०७३ सालमा म्याग्दीमा एसएलसी सकेकी उहाँ त्यसपछि सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना हुनु भएको थियो । तर, त्यसपछि साथी संगतमा परेर उहाँ काठमाण्डौ आउनु भएको थियो । अहिले आफूले राम्रो कामको सुरुवात गरे पनि केहीले विगतलाई सम्झाएर आलोचना गर्ने गरेका उहाँले बताउनुभयो ।

बेलायती समाचार संस्था बीबीसीले सन् २०२० का प्रभावशाली एस सय महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समेटेको हो । बीबीसीले समाजमा योगदान पुर्याएका, उत्प्रेरक र उदाहरणीय काम गर्ने महिलालाई यो सूचीमा समावेश गरेको हो ।  

यो सूचीमा सपनासहित फिनल्याण्डका प्रधानमन्त्री, वैज्ञानिक, लेखक, अनुसन्धानकर्तालगायत समावेश छन्  ।

शीर्ष समाचार

धेरै पढिएको