April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु

काठमाडौँ- बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज मेडिकल कलजे कोहलपुरमा उपचारका क्रममा दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएर भोलिपल्ट अस्पताल भर्ना भएका घोराहीका पुरुषको शनिबार राति ११:५० बजे मृत्यु भएको छ ।

यही मंसिर ५ मा अस्पताल भर्ना भएका तुलसीपुरका पुरुषको भने  आइतबार बिहान १:४० बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । दुबै मृतकमा निमोनियाको समस्या रहेको उनले बताए ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

मेचीनगर–४ बाहुनडाँगीका पुरुषको उपचारका क्रममा आइतबार विहान १ बजे मृत्यु भएको हो ।

मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको