September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५ दशमलव ९ डिग्री

काठमाडौं – अहिले देशका उच्च पहाडी तथा हिमाली भेगको मौसम आंशिक बदली र अन्य स्थानमा सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि उच्च पहाडी र हिमाली एक दुई स्थानको मौसम बदली हुनु बाहेक देशभर सफा रहने महाशाखाकी मौसमबीद् शान्ति कंडेलले जानकारी दिइन्। उनका अनुसार मौसम बदली गराई वर्षा र हिमपात गराउने प्रणाली सक्रिय नभएका कारण मौसम सफा रहनेछ। 

काठमाडौं उपत्यकासहित देशभर निरन्तर चिसो भने बढीरहेको छ। उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ दशमलव ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।   

शीर्ष समाचार

धेरै पढिएको