September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

नेकपा विवादको मध्यस्थतामा चिनियाँ राजदूत यान्छी सक्रिय

काठमाडौँ- फुटनजिक पुगेको भनिएको नेकपा विवाद मत्थर पार्न फेरि चिनियाँ राजदूत सक्रिय भएकी छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनयाँ राजदूत होउ यान्छीले विगतमा झैँ फेरि सक्रियता बढाएकी छन् ।

राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री  ओलीलाई बालुवाटारमा भेटेकी छन् । राति आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको यान्छीले दुई घण्टा ओलीसँग भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ ।

भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएलगत्तै उक्त सन्देश लिएर प्रधानमन्त्री ओली राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

चिनियाँ राजदूतसंगको भेटघाट सकिएलगत्तै प्रधानमन्त्री रास्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।

यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी थिइन्।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुबैबाट हट्नु पर्ने आशयसहितको राजनीतिक दस्तावेज नै सचिवालय बैठकमा पेस भएपछि चिनियाँ राजदूत यान्छीले फेरि सक्रियता जनाएकी हुन् ।

यसअघि विवाद उत्कर्षमा पुग्दा पनि ओलीको राजीनामा  मागिएको थियो । त्यसबेला पनि यान्छी सक्रिय भएकी थिइन् ।

१७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । त्यसबेला राजदूत यान्छीले राष्ट्रपति भण्डारी, ओली, प्रचण्ड, खनाल र नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

१८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् ।

असार तेस्रो साता पनि नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि यान्छीले ओली, प्रचण्ड, नेपाल र खनाललाई भेटेकी थिइन् । ती भेटवार्तामा यान्छीले दबाब दिएपछि प्रचण्ड र नेपालले ओलीको राजीनामा लगायतका एजेण्डा स्थगित गरेका थिए ।

नेकपाको आन्तरिक विवादमा चिनियाँ पक्षले हस्तक्षेप गरेको भन्दै सो बेला चर्को आलोचना पनि भएको थियो ।khabarhub

शीर्ष समाचार

धेरै पढिएको