September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

काठमाडौँ उपत्यकामा ९७३ सहित देशभर २४ घण्टामा थपिए १९१३ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सवस्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ ।

यस्तै देशभर हालसम्म ३८ हजार ४६१ जना सक्रिया संक्रमित रहेका छन् ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४५ पुरुष र ४२८ जना महिला संक्रमित थपिएका हुन ।

यो अवधिमा  काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर भने बिहीबार १९१३ जना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १८९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ ।

यस्तै देशभर हालसम्म ३८ हजार ४६१ जना सक्रिया संक्रमित रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको