June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

कलंकीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ-  क‌लंकीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तीनै जना कुखुरा बोकेको ट्रकको भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र सोही ठाउँका अर्का एक जना नाम नखुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको डीएसपी बोहोराले बताए ।

शीर्ष समाचार

धेरै पढिएको