March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

बाइडन भन्छन् : ट्रम्पले हार स्वीकार नगर्नु लाजमर्दो

एजेन्सी – वर्तमान राष्ट्रपति डोनाल्डले हार स्वीकार नगर्नु लाजमर्दो भएको अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले बताएका छन्। तर, सत्ता परिवर्तनलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ। 

राष्ट्रपतीय निर्वाचनमा जो बाइडनसँग लज्जास्पद हार ब्यहोरेका ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइटहाउस सजिलै नछाड्ने संकेत देखाइरहेका छन्। चुनाव हारेलगत्तै ट्वीट गर्दै उनले आफूले नै चुनाव जितेको दावी गरेका थिए भने पछिल्लोपटक मंगलबार फेरि मतदानमा गडबडी भएकाले चुनाव फेरि आफैंले जित्ने लेखेका छन्।

ट्रम्पले चुनावी परिणाम अस्वीकार गरिरहँदा उनका ट्वीटलाई ट्वीटरले विवादास्पद ठहर्‍याएको छ। यसअघि पनि ट्रम्पले बाइडनले भ्रष्टाचार गरी चुनाव जितेको आरोप लगाएका थिए। तर उनले आरोपबारेका कुनै प्रमाण पेश गरेका छैनन्। 

चुनावका सम्बन्धमा ट्रम्पले विवादास्पद वयान दिइरहँदा बाइडनले यो एक लाजमर्दो कुरा भएको बताएका हुन्। उनले भने, ‘यस्तो कामले राष्ट्रपति पदको विरासत कायम राख्न सहयोग गर्दैन। तर, २० जनवरीका दिन यस्ता सबै गतिविधि बन्द हुनेछन्।’ 

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै बाइडनले सत्ता सम्हाल्ने तयारी थालेका छन् र विदेशी नेताहरुसँग फोन सम्पर्क गरिरहेका छन्।

शीर्ष समाचार

धेरै पढिएको