February 21, 2024, Wednesday
२०८० फाल्गुन ९, बुधबार
KN hd tv

विहार निर्वाचन : भाजपा अघि

नयाँ दिल्ली– भारतको विहारमा भएको निर्वाचनमा सत्तारुढ मुख्यमन्त्री नीतिश कुमारको पार्टी पछाडि परेको छ। सुरुवाती मत गणनामा भाजपाको समर्थन रहेको नीतिशको गठबन्धन अगाडि भएपनि पार्टीगत भोटमा भने पछाडि परेको हो।

पार्टीगत भोटमा भारतीय जनता पार्टी एकल रुपमा अगाडि रहेको छ। भाजपा ७३ सिटमा अग्रता कायम गरिरहेको छ। राष्ट्रिय जनता दल ६८, जनता दल युनाइटेड ४७ र इन्डियन नेशनल कांग्रेस १९ सिटमा रहेका छन्।

भाजपा र नीतिश कुमार गठबन्धन हालसम्म १२४ स्थानमा अगाडि रहेको छ। तेजस्वी यादव नेतृत्वको महागठबन्धनको १०७ स्थानमा र अन्य १२ स्थानमा अग्रता रहेको छ। २४३ सिटका लागि भएको निर्वाचनमा पहिलो भाजपा हुने देखिएको छ। केही सिटमा कम्युनिस्ट पार्टीहरुले पनि अग्रता लिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको