October 1, 2023, Sunday
२०८० आश्विन १५, सोमबार
KN hd tv

इटालीमा फेरि लकडाउन

एजेन्सी- दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा फेरि लकडाउन भएको छ ।

इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज) शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।

इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ।

कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।

यसअघि  इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो ।

लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ ।

स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ ।

संक्रमणको संख्या अत्यधिक बढेसँगै इटालीका अस्पतालमा बिरामी  राख्ने ठाँउको पनि अभाव हुन थालेको बताइएको छ ।

इटालीका सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बिरामी राख्ने ठाँउ अभावले एम्बुलेन्समै घण्टौँसम्म बिरामी राख्नु पर्ने बाध्यता हुन थालेको छ ।

शीर्ष समाचार

धेरै पढिएको