November 30, 2020, Monday
२०७७ मंसिर १५, सोमबार
KN hd tv

‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज (फिल्मसहित)

काठमाडौं – अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमार्फत रिलिज गरिएको छ ।

ढेड वर्षअघि हलमा रिलिज भएको यो फिल्म दिपावलीको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मले समीक्षकको सकारात्मक प्रतिक्रिया नपाए पनि हलमा भने राम्रो व्यापार गर्न सफल भएको थियो । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेतको पनि शीर्ष भूमिका छ ।

झरना थापा निर्देशित यो फिल्ममा एक सुपरस्टारको कथा समेटिएको छ । फिल्ममा अनमोलले सुपरस्टारको भूमिका निभाएका छन् भने सुहाना फ्यानको भूमिकामा छिन् ।

यसको सफलतासँगै अनमोल र सुहानालाई लिएर निर्देशक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जुटेकी छिन् । फिल्ममा सुनील थापाको लगानी रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको