लागुऔषध बोकेर हिँडेका भारतीय नागरिक पक्राउ
- Khabar Nirantar
- २०७७ कार्तिक १६
झापा – झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाइ ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन्। उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।
शीर्ष समाचार
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
- एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल
- माल्दिभ्सलाई हराउँदै नेपाल साफ यु–१९ फुटबलको सेमिफाइनलमा
- बजारमा चिनी अभाव : कुलेश्वरमा ७० हजार किलो भण्डारण गरिएको गोदाममा शिल
- कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए
धेरै पढिएको
-
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
स्वास्थ्य मुखका लागि दाँतको हेरचाह र उपचार
२०८० आश्विन ३ -
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्