May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

एजेन्सी- साविक बिजेता लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गरेसँगै तीन अंकको अग्रतासहित लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकाल्यो ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले पुन एक पटक गोल गरेपछि लिभरपुल विजयी बनेको हो ।

पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

मोहमद सलाहाले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए । खेल सकिन ५ मिनेट बाँकी हुँदा जोटाले लिभरपुलका लागि विजयी गोल गरे ।

जितसँगै लिभरपुलको ७ खेलबाट १६ अंक छ । वेस्ट ह्याम ८ अंक सहित १३औं स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको