July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

कोरोना अपडेट : २५ सय आठ संक्रमित थपिए, २२ सय ६४ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ७६ जना महिला र १५ सय ३२ जना पुरुष संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार यही अवधिमा २२ सय ६४ जना संक्रमित निको भएका छन्। होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पतालमा उपचाररत संक्रमित निको भएका हुन्। 

पछिल्लो अपडेट अनुसार आज ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ। शनिबारसम्म निको भएर १ लाख ३१ हजार २ सय २२ जना घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १७ जनाले ज्यान गुमाएका छन्। देशभर आजसम्म २२.६ प्रतिशत अर्थात् ३८ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेका छन्। 

शीर्ष समाचार

धेरै पढिएको