सरकारी कार्यालय खुले पनि कर्मचारी छैनन्
काठमाडौं – बुधबारबाट सरकारी कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ। यो वर्षको दशैं बिदा मंगलबारबाट सकिएको छ। बुधबारबाट सबै सरकारी कार्यालय खुलेर काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन्।
मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरु पनि सुनसान देखिएका छन्। यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खालि देखिएका छन्। कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ।
दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ। यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए।
प्रतिकृया दिनुहोस्