March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

उपत्यकामा फेरि थपिए १५ सय ३५ संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन्। संक्रमितमा ६ सय २९ महिला र ९ सय ६ पुरुष छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आइतबार काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ कोरोाना थपिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर  थप २८ सय ५६  जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९  पुगेको छ। त्यस्तै हाल सक्रिय संक्रमितको संख्या  ४५ हजार ५७२ छ।

त्यस्तै, देशभर ३३ सय ३६ सय संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख ११ हजार ६७० छ।

पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८४७ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र १२ हजार ३११  पिसिआर परीक्षण भएको छ।

शीर्ष समाचार

धेरै पढिएको