नेपालमा आज थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि, ३३३६ जना डिस्चार्ज
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३३३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८३३४ जना पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्