March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

रानी लक्ष्मी बाईको किल्ला भत्काइएझैँ मेरो पनि घर भत्काइयो: कंगना

नयाँ दिल्ली– भारतीय अभिनेत्री कंगना रनावतले ट्वीटरमा अभिनेता आमिर खानलाई मेन्सन गर्दै रानीबाई लक्ष्मीको झैँ आफ्नो घर पनि भत्काइएको बताएकी छन्। शुक्रबार बिहान कंगनाले एक ट्वीट गर्दै यस्तो बताएकी हुन्।

असहिष्णुताकाे मुद्दा उठाउँदै उनले आमिरलाई मेन्सन गर्दै प्रश्न साेधेकी छन्‚ जसरी रानी लक्ष्मी बाइको किल्ला भत्काइएको थियो, त्यसरी नै मेरो घर पनि भत्काइयो।जसरी सावरकरले विद्रोह गरेको निहूँमा जेलमा हालिएको थियो, त्यसरी नै मलाई पनि जेलमा हाल्ने कोशिस गरिएको छ। इन्टोलेरेन्स ग्यांगसँग गएर कसैले सोध्नुस् कि कति कष्ट सहे उनीहरूले यो इन्टोलेरेन्स देशमा?’

सो ट्वीटमा आमिरलाई मेन्सन गर्नुको कारण भने उनकाे ध्यानाकर्षणका लागि मात्र भएको बताएकी छन्। यसअघि आमिरसहितका अभिनेताहरुले केही टेलिभिजनविरुद्ध मुद्दा समेत दायर गरेका छन्।  केही दिनअघि आमिरले भारतमा बस्न उपयुक्त नभएकाे टिप्पणी गरेका थिए। भारतमा बस्न डर लाग्ने अवस्था रहेकाे उनकाे टिप्पणी थियाे।

शीर्ष समाचार

धेरै पढिएको