अनधिकृत बैठकले गरेको निर्णय मान्दिनँ: कर्णाली विद्रोहका नेता कँडेल
काठमाडौं- कर्णाली प्रदेशको विद्रोहको नेतृत्व गरेका यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनधिकृत रुपमा गरेको बैठकका निर्णय नमान्ने बताएका छन्। नेपाल लाइभसँग संक्षित कुरा गर्दै कँडेलले आफूले अविश्वास प्रस्तावमा उठाएका विषय जिउँको तिउँ रहेको बताएका छन्।
आफूले अविश्वास प्रस्ताव दर्ता गराए लगतै मुख्यमन्त्री निलम्बित भइसकेकोले अहिले बसेको बैठक अनधिकृत नै रहेको कँडेलको दाबी छ। ‘हामीले अविश्वास प्रस्ताव दर्ता गराए लगतै मुख्यमन्त्री निलम्बित हुनुभयो। उहाँ आफैं निलम्बित भइसकेको अवस्थामा प्रमुख सचेतकलाई कसरी कारबाही गर्न सक्नुहुन्छ? बैठक कसरी बोलाउन सक्नुहुन्छ?’, कँडेलले भने, ‘आज कसरी अविश्वास प्रस्ताव फेल गराउन सक्नुहुन्छ? त्यो मिल्ने कुरा हो? अनधिकृत रुपमा बसेको बैठक हुनाले मेरो सहभागिता भएन।’
आजको दलको बैठकबाट नेकपाले कस्तो लोकतान्त्रिक विधि, पद्यति, प्रक्रिया अपनाउन खोजेको भन्ने भन्दै कँडेललेप्रति प्रश्न गरे।
‘मैले अविश्वास प्रस्तावमा उठाएका विषय जिउँका तिउँ छन्। ती विषयमा छलफल गरेर सांसदलाई सहमत गराएको होइन। पद प्रतिष्ठा वितरण गरेर भेला गरी सहमत गराइएको छ’, कँडेलले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘कर्णाली विवादमा जोडिनु भएका नेकपा शीर्ष नेताहरुलाई अनुरोध गर्न चाहन्छु। नेकपाभित्रको विषय उठे पनि समाधानको तरिका यही पद प्रतिष्ठा बाँडेरै समाधान गर्ने विधिबाट हिँड्न खोजेको हो? यसरी विधि पद्यति बसाउन खोजेको हो?’
कर्णाली विवाद समाधानको लागि पार्टी अध्यक्ष केपी ओलीले लेखेर दिएको पत्र लिएर सुर्खेत आएको कँडेलले बताए। प्रधानमन्त्री ओली अविश्वास प्रस्ताव फिर्ता लिने निलम्बित प्रमुख सचेतक गुलावजंग शाहको पुनर्बहाली हुनुपर्ने र सचेतकमा सीता नेपालीलाई फर्काउनुपर्ने र अन्य विवादका विषयमा सहमति र सहकार्य गरेर गर्नुपर्ने चार बुँदा समेटिएको पत्र लेखेर दिएका थिए। त्यहीँ पत्रलाई आधार बनाएर कँडेलले गुलावजंगलाई प्रमुख सचेतकमा फिर्ता बोलाउनुपर्ने माग राखेका छन्।
तर मुख्यमन्त्री शाहीले यसअघि नै शाहलाई कारबाही गरी प्रमुख सचेतकमा सीताकुमारी नेपालीलाई नियुक्त गरिसकेका छन्।nepallive
प्रतिकृया दिनुहोस्