September 26, 2023, Tuesday
२०८० आश्विन ९, मंगलवार
KN hd tv

युरोपा लिग: लेस्टर सिटीको शानदार जित

एजेन्सी- इंग्लिस क्लब लेष्टर सिटीले युरोपा लिगमा शानदार जित हात पारेको छ ।

बिहीबार रातिको खेलमा लेस्टरले युक्रेनी क्लब जोर्यालाई ३-० ले  पराजित गर्‍यो ।

खेलको २९औँ मिनेटमा जेम्स माडीसनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेष्टर २-० ले अघि रह्यो ।

खेलको ६९औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘जी’ मा लेष्टरले महत्वपूर्ण ३ अंक जोडेको छ ।

शीर्ष समाचार

धेरै पढिएको