March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

आज थप ५७०० जना कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८ सय ७२ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ९९ हजार ६ सय ५ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २९ हजार ८ सय रहेको छ । पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ९१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको