July 5, 2022, Tuesday
२०७९ असार २१, मंगलवार
KN hd tv

अजरबैजान–आर्मेनिया युद्धपछिका केहि तस्बिरहरु: [फोटो फिचर]

एजेन्सी–कोरोना महामारीका कारण विश्वले आर्थिक र मानवीय क्षति बेहोरिरहेका बेला पूर्वसोभियत संघका दुई मुलुक अजरबैजान र आर्मेनिया भने आपसमा युद्ध लडिरहेका छन्। 

लामो समयदेखि दुवै मुलुकले दाबी गरिरहेका नागोर्नो काराबाख क्षेत्रको विषयलाई लिएर गत सेप्टेम्बर २७ देखि यहाँ युद्ध भड्किएको छ। दुवै मुलुकको चेपुवामा परेका निर्दोष सर्वसाधारण घर छाडेर भागिरहेका छन्। भौतिक संरचना क्षतिग्रस्त भएका छन्। मानिसहरु ज्यान जोगाउन सुरक्षित स्थानको खोजीमा छन्। शान्तिका लागि हालै यस क्षेत्रमा गरिएका दुई–दुई वटा अस्थायी युद्धविरामको सहमति उल्लंघन भइसकेका छन्। सन् १९९४ मा स्थायी युद्धविराम भए पनि त्यसयता पटक–पटक युद्ध भड्किसकेका छन्। 

सन् १९८८ देखि नै नागोर्नो काराबाख क्षेत्रलाई लिएर दुई मुलुक आपसमा युद्ध लडिरहेका छन्। सन् १९८८ देखि १९९४ सम्मको बीचमा ३८ हजार मानिसको मृत्यु भएको थियो भने १९९४ मे देखि २००९ अगष्टसम्मको बीचमा ३ हजार मारिएका थिए। त्यस्तै, २०१० र २०२० को बीचमा भएका युद्धमा ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ। पछिल्लोपटक भइरहेको युद्धमा २६४ सैनिक र ४३ सर्वसाधारण मारिइसकेका छन्।

शीर्ष समाचार

धेरै पढिएको