December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

आज थप ३७९० जनामा कोरोना पुष्टि, २३३५ जना डिस्चार्ज, १८ को मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ३५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ९४ हजार ५ सय १ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २६ हजार ७ सय २७ रहेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ५७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको