राजदूतमा सिफारिस भएका खतिवडा र रेग्मीविरुद्ध चार वटा उजुरी

काठमाडौँ – अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्तावित डा. युवराज खतिवडा र बेलायतका राजदूत लोकदर्शन रेग्मीविरुद्ध चार वटा उजुरी परेको छ ।

डा. खतिवडाविरुद्ध तीन वटा उजुरी परेको छ । भने रेग्मीविरुद्ध एउटा उजुरी परेको छ । उक्त उजुरीबारे छलफल गर्न कात्तिक १७ गते संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ ।

पूर्वअर्थमन्त्री रहेका खतिवडा राजदूतमा सिफारिस हुनुअघि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका थिए । भने रेग्मी नेपाल सरकारको सचिव थिए ।

रेग्मीले राजदूत हुने पक्का भएपछि सचिवबाट राजीनामा दिएका थिए । उनीहरुले पदमा रहँदा अनियमितता गरेको आरोप लागेको छ ।