October 4, 2022, Tuesday
२०७९ आश्विन १९, बुधबार
KN hd tv

असई मृत्यु प्रकरण : विकको शव आफन्तले बुझेनन्, प्रहरी जवान साउद अझै फेला परेनन्

कैलाली – नेपाल भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको शव आफन्तले बुझेका छैनन् ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ को अस्थायी प्रहरी बिट जुगेडामा इन्चार्जको रुपमा कार्यरत विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा हिजो बिहान शव फेला परेको थियो । ड्युटीकै क्रममा हत्या गरिएका विकका आफन्तले घटनाबारे सत्यतथ्य पत्ता नलागेसम्म शव नबुझ्ने अडान राखेका छन् ।

विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ड्युटीकै क्रममा बेपत्ता भएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने थाहा हुन सकेको छैन । साउदको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाइल फेला परे पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको