March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

कांग्रेस सांसदले भत्ता फिर्ता गर्ने

काठमाडौं, कात्तिक ३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय सांसदहरुका लागि उपलब्ध गराइएको दशैं भक्ता फिर्ता गर्ने निर्णय गरेको छ । दशैं भत्ता लिएको बारे चौतर्फी आलोचना भएपछि कांग्रेस संसदीय दलले संस्थागत निर्णय नै गरेर दशैं भत्ता फिर्ता गरेको हो । सोमबार बिहान संसदीय दलका नेता शेरबहादुर देउवाले भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन् । कांग्रेसका सांसदहरुले व्यक्तिगत रुपमा भत्ता पिर्ता गर्ने घोषणा गर्न थालेपछि केन्द्रीय सदस्य एंव सांसद डा. मिनेन्द्र रिजालले आइतबार अबेर सामाजिक संझालमा पोष्ट गर्दै व्यक्तिगत रुपमा भन्दा पनि पार्टीले नै निर्णय गरेर भत्ता फिर्ता गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले सरकारले जनताको उपचार नगर्ने भनेर पन्छने काम गरेको भन्दै बरु भत्ता तत् स्थानिय तहमा जाने गरी फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका थिए । सो लगत्तै कांग्रेसका सांसदहरुले अनौपचारिक छलफल गरेर भत्ता फिर्ता गर्न संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई भनेका छन् । यसैबीच सोमबार बिहान मात्र सामाजिक संझाल मार्फत कांग्रेस महामन्त्री पुर्ण बहादुर खड्काले पनि भत्ता फिर्ता गर्ने बारे कांग्रेस संसदीय दलले संस्थागत निर्णय गर्न सुझाव दिएका छन् । उनले कोबिड कोषमा जम्मा हुने गरी रकम फिर्ता गर्न सुझाव दिएका छन् । यसअघि नै कांग्रेस सहित सत्तारुढ नेकपाका पनि कतिपय सांसदहरुले भक्ता फिर्ताको घोषणा गरीसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको