April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

बर्दिया राष्ट्रिय निुकन्ज पर्यटकका लागि आंशिक रुपमा खुला

काठमाडौं–कोरोना महामारीसँगै बन्द भएको बर्दिया राष्ट्रिय निुकन्ज पर्यटकका लागि आंशिक रुपमा खुला भएको छ।

निकुन्ज व्यवस्थापनले दसैं तथा तिहारमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने भन्दै आंशिक रुपमा खुल्ला गरेको हो।

पर्यटन व्यवसायीले पनि स्वास्थ्य मापदण्ड तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुरक्षा निर्देशिका पालना गर्दै निकुुन्ज खुला गर्नु पर्ने माग राख्दै आएका थिए।

व्यवसायीको मागअनुसार निकुन्ज व्यवस्थापनले पनि तत्कालका लागि आंशिक रुपमा निकुन्ज खुला गरेको जनाएको छ।

तत्कालका लागि जंगल ड्राइभ तथा जंगल वाकमात्रै खुला गरिएको छ। तर, हात्तीसफारी, र्‍याफ्टिङ तथा फिसिङ भने खुला गरिएको छैन। 

शीर्ष समाचार

धेरै पढिएको