September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

कांग्रेस सांसद प्रकाशमान सिंहले दसैं भत्ता फिर्ता गर्ने

काठमाडौं–नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले दसैं भत्तावापत प्राप्त रकम फिर्ता गर्ने घोषणा गरेका छन्।

सोमबार विज्ञप्तिमार्फत् काठमाडौं-१ का सांसद सिंहले आफ्नो नाममा प्राप्त रकम फिर्ता गर्ने जानकारी गराएका हुन्। दसैं भत्ता उपलब्ध गराएर सांसदलाई बदनाम गराउने प्रयास भएको भन्दै उनले लेखेका छन्,‘कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैंभत्ता फिर्ताको निर्णय गरेर आफूजस्तै सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन म आग्रह गर्न चाहन्छु।’ 

महामारीका बेलामा सांसदहरुलाई दसैं भत्ता दिएर जनताको नजरमा सांसदलाई आलोचित बनाएको उनको ठहर छ। सरकारकोे सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिने उनले बताए।

शीर्ष समाचार

धेरै पढिएको