होम आइसोलेसनमा संक्रमितको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने
काठमाडौं- कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भए आफन्तले नै शव व्यवस्थापन गर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७७ मा दोस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असोज २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै होम आइसोलेनमा मृत्यु भएका व्यक्तिको शव आफन्तले नै सुरक्षा अपनाई व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका हुन्।
‘कुनै व्यक्तिको घर आइसोलेसनमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ। परिवारका सदस्यले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ,’ कार्यविधिको ४ नम्बर बुँदामा भनिएको छ, ‘यस्तो कार्यमा बच्चा र ६० वषभन्दा माथिका जेष्ठ नागरिकलगायत जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई समावेश गराउनु हुँदैन। व्यक्तिगत सुरक्षा सामग्री जस्तै, पन्जा, मास्क, पुरा बाहुला भएको गाउन प्रयोग गरी शवलाई र्याप गर्ने र बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले गर्नुपर्दछ।’
यसका साथै आइसोलेसनमा राखेको स्थान/कोठाबाट शव बोक्ने गाडीसम्म पुर्याउने काम मृतकको आफन्तकै नै कार्यविधिमा उल्लेख छ।
प्रतिकृया दिनुहोस्