September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

आर्सनलविरुद्ध सिटीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले पराजित गरेको हो।

घरेलु टिम सिटीको जितमा एक मात्र गोल रहिम स्टर्लिङले गरे। खेलको २३ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो।

प्रिमियर लिगअन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यास्टललाई ४–१ गोलअन्तरले पराजित गरेको छ। म्यानचेस्टर युनाइटेडको जितमा ह्यारी म्यागुर, ब्रनो फेमान्डेस, आरोन विसाका र मार्कुस राष्फोर्डले गोल गरे। 

शीर्ष समाचार

धेरै पढिएको