June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

सरकारले आफ्नो भूमिसमेत दाबी गर्न सकेन: प्रकाशमान सिंह

काठमाडौं-नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नाे भूमिसमेत दाबी गर्न नसकेकाे बताएका छन्। नागार्जुन नगरपालिकाले स्युचारटारमा निर्माण गरेकाे ‘ओपन फिटनेस पार्क’  काे उद्घाटन गर्दै शनिबार उनले सरकारकाे परराष्ट्रनीति असन्तुलित देखिएकाे बताए।

नेपाली भूमि अतिक्रमणबारे बुझ्न गएकाे सरकारी टाेली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएकाे भन्दै उनले यस्ताे बताएका हुन् ।

‘आफ्नाे राष्ट्रकाे भूभाग संरक्षण  गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्ताे भान जनतालाई भइरहेकाे छ। याे दुर्भाग्य हाे ‘, उनले भने । त्यस्तै उनले अहिले ठूला भ्रष्टाचार काण्ड भएकाे भन्दै त्यसकाे निष्पक्ष छानबिनकाे पनि माग गरे । जतिसुकै ठूलाे नेता भए पनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुने उनकाे भनाइ छ।

नेता सिंहले करिब दुई तिहाई बहुमत नजिककाे वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएकाे बताए।

शीर्ष समाचार

धेरै पढिएको