July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके–नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। संक्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा गएराति नौ बजे मृत्यु भएको हो।

मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसीआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीया युवतीको गएराति १० बजे मृत्यु भएको छ। उनलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले  बताए। 

शीर्ष समाचार

धेरै पढिएको