यी स्थानमा काटिदैछन् शनिबार दिउँसो बत्ती
काठमाडौं-उपत्यकाका तीनवटा वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा शनिबार बत्ती काटिने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आज ठिमी वितरण केन्द्रअन्तर्गतका २ वटा फिडरमा बत्ती काटिनेछ भने बालाजु र कुलेश्वर वितरण केन्द्रको लाइनमा पनि अवरोध आउनेछ।
ठिमी वितरण केन्द्रको टिबी अस्पताल फिडरअन्तर्गत चारदोबाटो चोक, कोरियन अस्पताल, गट्ठाघर चोक, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि कम्तीमा १२ बजेसम्म बत्ती काटिनेछ। यी स्थानमा वितरण लाइनको छेउछाउका रुखहरु काट्नुपर्ने भएका कारण सटडाउन गरिएको प्राधिकरणको भनाइ छ। त्यस्तै सोही वितरण केन्द्रको पुरानो ठिमी, सानो ठिमी, लोकन्थली, बोडे, राधेराधे, मगरगाउँ, धुन्चेपाखा, भाटभटेनीलगायतका स्थानहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म बत्ती काटिनेछ।
बालाजु वितरण केन्द्रअन्तर्गत बनस्थली, बालाजु, माछापोखरी, बाईपास, गुम्बाचौकी, मनमैजु चोक, लोकतान्त्रिक चोक, इन्द्रेणी पुललगायतका स्थानमा दिउँसो ११ बजेदेखि १ बजेसम्म बत्ती हुनेछैन।
प्रतिकृया दिनुहोस्