March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

कोरोनाबाट वडा सदस्यको मृत्यु

चितवन–चितवनको खैरहनी नगरपालिका १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उनी क्यान्सर रोगबाटसमेत पीडित थिए।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण  पुष्टि भएको थियो । आईसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो।

खोकी र श्वासप्रश्वासमा समस्या रहेका उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।  अस्पतालको कोभिड सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो। उनी नेपाली काङ्ग्रेसका तर्फबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएका थिए।

नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन्।  यसअघि जिल्लाकै भरतपुर महानगरपालिका २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । रासस

शीर्ष समाचार

धेरै पढिएको