December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

बैतडीमा चाडवाड लक्षित लकडाउन

बैतडी – चाडपर्वका बेला भिडभाड बढेर कोराना संक्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आंशिक लकडाउन गर्ने जनाएको हो।

दशैं तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व तथा सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। साथै खेलकुद, विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थाहरुमा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागि नगर्न निर्देशन दिइएको छ।

राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरुलाई भिडभाड हुने गरी आमसभा गोष्ठी नगर्न र नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा भिडभाड तथा जमघट नगर्न प्रशासनले आग्रह गरेको छ।

यस्तै, दशैं तिहारका बेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारीले जोशीले बताए। ‘चाडपर्वका बेला हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाई गरेका हौं,’ उनले भने, ‘मास्क, सेनिटाइजरलगायतका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्दछौं।’

प्रशासनको आग्रहलाई अटेरी गरे संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुनअनुसार कारवाही हुने प्रजिअ जोशीले बताए। बैतडीमा हालसम्म ४४९ जनामा कोरोना पुष्टि भएको छ।

शीर्ष समाचार

धेरै पढिएको