September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

निद्राका लागि फाइदाजनक हुन्छ ! निलो प्रकाश दिने चश्मा

एजेन्सी- निलो प्रकाश दिने चश्मा निद्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष सार्वजनिक भएको हो।

काम गर्ने वा समय कटाउने प्रयोजनका लागि मोवाई, कम्युटर, टिभीलगायतका विद्युतीय सामग्रीहरुको प्रयोग बढेको पाइएको छ ।

विविध कारणले विद्युतीय सामग्रीको स्कृनमा धेरै हेर्ने व्यक्तिहरुले सुत्ने बेलामा निलो प्रकाश दिने चश्मा लगाएमा निद्रा सजिलै लगाउन सहयोग गर्ने अध्ययनकर्ताहरुको भनाइ छ ।

त्यसैगरी त्यस्तो चश्माले भोली पल्टको कामलाई प्रभावकारी बनाउन पनि सहयोग गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘हामीले अध्ययनबाट यो पत्ता लगाएका छौँ की, निलो प्रकाश दिने चश्मा लगाउँदा निद्रा राम्रो हुने, काममा व्यस्त हुन सकिने, कार्यसम्पादन प्रभावकारी हुने, मानवीय व्यवहार राम्रो हुने देखिएको छ,’ इन्डीयाना विश्वविद्यालयका सह प्राध्यापक तथा अध्ययनमा संलग्न  क्रिश्चियानो एल गौरानाले भने ।

शीर्ष समाचार

धेरै पढिएको