March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७ सय ४५ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय ६४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८४ हजार ५ सय १८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २४ हजार १ सय ९४ रहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ९४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको