December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

काठमाडौँ उपत्यकामा थप १९३५ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना रहेका छन् ।

मंगलबार काठमाण्डु उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना रहेका थिए ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ४९ हजार ८ सय ३५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको