२० वर्षका मानव अधिकार हननकर्ताको सूची सार्वजनिक
काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले विगत २० वर्षको अवधिमा मानव अधिकार हननको सूचीमा रहेका व्यक्तिहरुको नामावली बिहीबार नै सार्वजनिक गर्ने भएको छ।
आयोगका पदाधिकारीको पदावधी कात्तिक २ गतेसम्म रहेका र कात्तिक १ गते दसैँ शुरुवात हुने भएकाले बिहीबार नै भर्चुअल माध्यमबाट मानव अधिकार हननकर्ताहरुको सूची सार्वजनिक गर्न लागेको हो।
आयोगले नेपाल सरकारलाई गरेको सिफारिसहरू, त्यसको कार्यान्वयन अवस्था र आयोगले हालसम्म मानव अधिकार उल्लंघनकर्ता भनी नाम किटान गरिएकाहरुको एकीकृत नामावली समेतलाई समेटेर तयार पारिएको प्रतिवेदन सार्वजनिक हुने आयोगले जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले चार बजे भर्चुअल विधिद्वारा सार्वजनीक गर्ने कार्यक्रम रहेकाले आयोगले जनाएको छ।
मानव अधिकार हननकर्ताको सूचीमा पूर्वप्रधानमन्त्री, राजनीतिक व्यक्ति, सेनाका उच्च अधिकारी, नेपाली प्रहरीका उच्च अधिकार र द्वन्द्वकालीन समयमा गैर न्यायीक हत्यामा संलग्नहरू, पूर्वशाही शासनकालका व्यक्तिहरू रहेका छन्।
प्रतिकृया दिनुहोस्