आज थप २६३८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८० हजार ९ सय ५४ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २१ हजार ५ सय ४८ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।
प्रतिकृया दिनुहोस्